site stats
बाह्रखरी :: Baahrakhari
देश
यूके र लिथुआनिया पठाइदिने भन्दै ठगी गरेको आरोपमा तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–४ का २६ वर्षीया सुजनीकुमारी साह, सुनसरी धरान उपमहानगरपालिका–३ घर भएका ३४ वर्षीय दीपककुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका–१ का २३ वर्षीया रेशिका हमाल न्यौपाने छन् ।

उनीहरूमाथि यूके र लिथुआनिया पठाइदिने आश्वासन दिएर ठगी गरेको आरोप लागेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार, पक्राउ परेकीमध्ये सुजनी कुमारीले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट १७ लाख चारहजार रुपैयाँ, दीपककुमारले यूके पठाइदिन्छु भन्दै एकजना पीडितबाट दुईलाख ३४ हजार रुपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै दुईजना पीडितबाट ६ लाख ८ हजार लिएर सम्पर्कविहीन भएका थिए ।

पीडितको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १३:५५
प्रतिक्रिया दिनुहोस्