site stats
बाह्रखरी :: Baahrakhari
खेल
जित्नैपर्ने खेलमा नेपाललाई उज्वेकिस्तानको चुनौती

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आज एएफसी महिला एसियन कप छनोटअन्तर्गत जित्नैपर्ने अन्तिम खेलमा घरेलु टिम उज्वेकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

आजको खेलमा घरेलु टिमलाई हराउन सके नेपाली महिला टिमले आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ । 

उज्वेकिस्तानले यसअघि पहिला खेलमा श्रीलंकाविरुद्ध १०–० को जित निकालेको थियो । यता, नेपालले भने पहिलो खेलमा लाओसविरुद्ध ९–० को जित निकालेको थियो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले हराउँदा घरेलु टिमले लाओसको पोस्टमा सात गोल गरेको हो । 

समूह ‘एफ’मा रहेका यी दुवै टिमले समान दुई खेलबाट ६ अंक जोडेको छन् । यस्तै, गोलआधारमा पनि दुवै टिम प्लस १७ मा छन् ।

यसैकारण एसिया कपमा छनोट हुन नेपाललाई अन्तिम खेलमा उज्वेकिस्तानसँग बराबरीको नतिजाले नपुग्ने भएको हो ।

यो खेलको निर्धारित समयसम्म दुवै टिमले गोलरहित बराबरी खेले एएफसीको नियमअनुसार समूहबाट छनोट हुने टिमको टुंगो लगाउन सोझै पेनाल्टी सुटआउट हुनेछ ।

अर्थात्, आगामी वर्ष अस्ट्रेलियामा हुने एएफसी एसियन कपमा स्थान बनाउन नेपालले उज्वेकिस्तानलाई कम्तीमा पेनाल्टी सुटआउटमा भए पनि हराउनुपर्ने समीकरण बनेको हो ।

उज्वेकिस्तानको तास्केनस्थित मिली रंगशालामा हुने खेल आगामी शनिबार राति ९ः१५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्