site stats
बाह्रखरी :: Baahrakhari
देश
वैदेशिक रोजगारीको प्रलोभनमा पारी ठगी गर्ने चारजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने चारजना पक्राउ परेका छन् ।  

पक्राउ पर्नेहरूमा ललितपुर बस्ने स्याङ्जा अर्जुनचौपारी गाउँपालिका–४ का ६० वर्षीय लक्ष्मण चापागाईं, सप्तरी तिलाठी कोइलाडी गाउँपालिका–४ का ३९ वर्षीय अशोक मण्डल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ का २० वर्षीय बालसुन्दर भारती र सिन्धुपाल्चोककै लिसंखु पाखर गाउँपालिका–३ का २७ वर्षीया चण्डिका उप्रेती रहेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

पक्राउ परेकामध्ये लक्ष्मणले युके पठाइदिन्छु भन्दै एक पीडितबाट पाँच लाख १४ हजार रुपैयाँ, अशोकले मलेसिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट ६ लाख रुपैयाँ, बाल सुन्दरले पोर्चुगल पठाइदिन्छु भन्दै एक पीडितबाट तीन लाख रुपैयाँ लिएका थिए ।

यसरी नै चण्डिकाले न्युजिल्यान्ड पठाइदिन्छु भन्दै एक पीडितबाट ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीका आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न मितिमा फरक–फरक ठाउँबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १५:०७
प्रतिक्रिया दिनुहोस्