अर्थ व्यवसाय

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मा कार्यकारी निर्देशक किरण पण्डितले पाएका छन् । जेठ २१ देखि लागु हुने गरी बैंकको प्रवक्ता तोकिएको हो ।
पण्डित वि.सं. २०६२ सालमा बैंक सेवामा प्रवेश गरेका हुन् । पण्डितको बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा लगायतको कार्यानुभव छ ।
हाल उनी भुक्तानी प्रणाली विभागमा कार्यरत छन् । यसअघि राष्ट्र बैंकको प्रवक्ता रामु पौडेल थिए ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १६:५७
प्रतिक्रिया दिनुहोस्