site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनको मूल्य ७०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महांघका अनुसार, आज सुन प्रतितोला एक लाख ८८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

Argakhachi Cement Island Ad

आज चाँदीको मूल्य १५ रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार चाँदी प्रतितोला एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।  

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १२:१८
प्रतिक्रिया दिनुहोस्