site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
तीनवटा संसदीय समिति र संयुक्त समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समिति र एउटा संयुक्त समितिको बैठक बस्दै छ । 

पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समिति (संयुक्त) बैठक बस्न लागेको हो । 

Argakhachi Cement Island Ad

पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्नेछ । 

विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि दफावार छलफल हुनेछ । 

बैठक दिउँसो १ बजे बस्नेछ ।  

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका काम कारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भावी कार्ययोजनामा छलफल हुनेछ । 

बैठक बिहान ११ बजे बस्नेछ । 

संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने कार्यतालिका छ । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०६:२०
प्रतिक्रिया दिनुहोस्