site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संसद्को अवरोध हटाउने प्रयास, सभामुखले बोलाए कार्यव्यवस्था बैठक
कार्यव्यवस्था परामर्श समितिको बैठकको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा विपक्षीको अवरोध हटाउने प्रयासस्वरूप छलफल र बैठक आह्वान गरेका छन् । अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण र आउँदो ‘क्यालेन्डर’ तय गर्न बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुख घिमिरेले शुक्रबार (जेठ १६) बिहान ११ बजे दलका मुख्य सचेतक र प्रमुख सचेतकसित छलफल गर्दै छन् । उनले आजै मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

Argakhachi Cement Island Ad

बैठक सिंहदरबारमा बस्नेछ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी सांसदले बैठक अवरुद्ध गरिरहेका छन् । बिहीबार (जेठ १५) बजेट प्रस्तुत गर्न भने उनीहरूले बाधा गरेनन् ।

प्रतिनिधिसभाको अबको बैठक यही जेठ २० गते बिहान ११ बजे बस्ने तय छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्