खेल
महिलालक्षित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने, उत्कृष्ट महिला खेलाडीलाई पुरस्कार

काठमाडौं । सरकारले खेल क्षेत्रमा महिला सहभागिता बढाउन महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
बिहीबार आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खेलमा महिलाको सहभागिता बढाउन महिलालक्षित कार्यक्रम गर्ने र उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिने बताए ।
“खेलक्षेत्रमा महिला सहभागिता अभिवृद्धि गर्न महिलालक्षित प्रशिक्षण तथा अभ्यास कार्यक्रम सञ्चालन गरिनेछ । उत्कृष्ट महिला खेलाडीका लागि पुरस्कारको विशेष व्यवस्था गरिनेछ,” अर्थमन्त्री पौडेलले भने ।
सरकारले आर्थिक वर्ष २०८२/८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:१८
प्रतिक्रिया दिनुहोस्