अर्थ व्यवसाय
बढेन कर्मचारीको तलब, महँगी भत्ता पाँच हजार पुर्याइयो

काठमाडौं । सरकारी कर्मचारीको तलब नबढ्ने भएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै तलब बढाउन नसकिए पनि भत्ता बढाइएको बताए ।
स्रोत व्यवस्थापनको दबाबले अपेक्षा अनुसार तलब वृद्धि गर्न नसकिएको उनको भनाइ छ । “राष्ट्रसेवकको सेवासुविधा समयसापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भए पनि स्रोत व्यवस्थापनमा परेको दबाबले गर्दा अपेक्षाअनुरूप तलब वृद्धि गर्न सम्भव भएन,” उनले भने ।
उनका अनुसार साउन १ गतेदेखि लागु हुने गरी महँगी भत्ता पाँच हजार पुर्याइने उनले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्