
काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्त बदर माग गरिएको रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेश समेत माग भएको उक्त रिटमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले प्रारम्भिक सुनुवाइ गरी कारण देखाउ आदेश मात्र जारी गरिदिएको हो ।
मंगलबार अधिवक्ता अनन्त लुइँटेलसहितले दर्ता गरेको रिटमा गभर्नर डा. पौडेललाई ‘म्याच फिक्सिङ’ शैलीमा नियुक्ति दिएर सुशासनको धज्जी उडाएको, राष्ट्र बैंक ऐनले तोकेको शैक्षिक विषयको अध्ययन नभएकोसहितका विषय उठाइको छ । सिफारिस समितिमा बसेर समितिबाट राजीनामा दिँदै नियुक्ति लिँदा पहिला उमेदवार तोकिएर पछि मात्र बाँकी प्रक्रिया अघि बढेको रिटमा दाबी छ ।
राष्ट्र बैंक जस्तो संवेदनशील निकायमा प्रक्रियाविपरीत नियुक्ति भएका र शैक्षिक योग्यता समेत नमिलेका पौडेलको निरन्तरता हुन नहुने भन्दै रिटकर्ताले अन्तरिम आदेश माग गरेका छन् ।