site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भिजिट भिसा प्रकरण भ्रष्टाचारमात्रै होइन मानवतस्करी हो : रास्वपा सांसद

काठमाडौं । रास्वपा सांसद गणेश पराजुलीले भिजिट भिसा प्रकरण भ्रष्टाचारको मात्रै नभई मानवतस्करीको विषय भएकाले गम्भीर भएर छानबिन हुनुपर्ने बताएका छन् । 

मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पराजुलीले मानवतस्करी भइरहेको उजुरीको अनुसन्धान नगरेर गृह प्रशासनले त्यसलाई प्रश्रय दिएको आरोप समेत लगाए । 

Argakhachi Cement Island Ad

अध्यागमनबाट भिजिट भिसामार्फत नेपालीलाई बेच्ने प्रकरणमा राज्यका निकाय नै जोडिएकाले गृहमन्त्री रमेश लेखकको राजीनामा केवल नैतिकताको विषयमात्रै हुन नसक्नेमा उनले जोड दिए । 

सांसद पराजुलीले भिजिट भिसामार्फत मानवतस्करीको विषयमा अख्तियारले छानबिन प्रक्रिया अघि बढाएर अध्यागमनका कर्मचारीलाई पक्राउ गर्न खोज्दा गृह मन्त्रालयले दोषी देखिएका कर्मचारीलाई बचाउनका निम्ति रातारात सरुवा गर्ने काम गरेको आरोप लगाए । 

गृहमन्त्री लेखकलाई दोषीसँग जोडेर हेर्ने शंकाको दायरा फराकिलो भएकाले राजीनामा दिन लगाएर अनुसन्धानको घेरामा ल्याउनुपर्ने उनले बताए ।

पराजुलीले उक्त प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गरेर सत्यतथ्य छानबिन गर्ने र दोषीलाई कडा कारबाही हुनुपर्ने धारणा राखे । हिमालयन टेलिभ्वाइस

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्