site stats
बाह्रखरी :: Baahrakhari
खेल
रेड डाइमन्ड्सविरुद्ध इन्टरको पुनरागमन जित

काठमाडौं । अमेरिकामा जारी फिफा क्लब विश्वकपमा इटालियन क्लब इन्टर मिलानले जापानको उरावा रेड डाइमन्ड्सविरुद्ध २–१ को साँघुरो जित निकालेको छ ।

लुमेन फिल्डमा शनिबार राति इन्टरलाई जित दिलाउन कप्तान लाउटारो मार्टिनेज र भ्यालेन्टिन कार्बोनीले गोल गरे । उरावा रेडका रयोमा वातानाबेले गोल गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

खेलको ११औँ मिनेटमा वातानाबेको गोलमार्फत उरावा रेडले अग्रता लिएको थियो । टोलीले दोस्रो हाफमा त्यसलाई जोगाउन सकेन ।

अर्जेन्टिनी फरवार्ड मार्टिनेजले ७८औँ मिनेटमा गोल गर्दै इन्टरलाई बराबरीमा ल्याए । इन्ज्युरी समयमा कार्बोनीले गोल गर्दै टोलीलाई रोमाञ्चक पुनरागमन जित दिलाए ।

पहिलो जितसँगै दुई खेलबाट चार अंक जोडेको इन्टर समूह ‘इ’को दोस्रो स्थानमा उक्लिएको छ । लगातार दोस्रो पराजय व्यहोरेको उरावा रेड प्रतियोगिताबाट बाहिरिएको छ ।

रिभर प्लेट ०–० मोन्टेरी
आइतबार बिहान भएको यही समूहको अर्को खेलमा रिभर प्लेट र मोन्टेरीले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । समूहमा दुई खेलबाट चार अंक जोडेको रिभर प्लेट शीर्ष स्थानमा छ । समान खेलबाट दुई अंकको मोन्टेरी तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १०:०२
प्रतिक्रिया दिनुहोस्