site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाललाई शिक्षाको हब बनाउनुपर्छ, विदेशी विद्यार्थी आउँछन् : देउवा
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाललाई शिक्षाको हब बनाउनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा पार्टीको शिक्षा विभागले आयोजना गरेको कार्यक्रममा उनले नेपालमै उच्च शिक्षा दिन सक्ने वातावरण बनाएर शिक्षाकै लागि विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए ।

"नेपालमा राम्रो एजुकेसन छैन भन्ने हिसाबले होला, कतिपय आमाबुबाले छोराछोरी विदेश पढ्न पठाउँछन् । त्यसकारण नेपालमै राम्रो एजुकेसन दिने स्कुलदेखि लिएर युनिभर्सिटीसम्म हामीले बनाउनसक्यो भने हाम्रो देशको विद्यार्थी विदेश जानबाट रोकिन्छन्," देउवाले भने ।

उनले अगाडि थपे, "हाम्रो देश सुन्दर छ । हावापानी सबैले । विदेशी पनि नेपालमा विद्यार्थी आउन सक्छन् । त्यसका लागि नेपाल शिक्षाको हब बन्न सक्छ । त्यस्तो किसिमको शिक्षा नेपालमा हामीले दिनसक्यौँ भने, त्यस्तो एजुकेसन दिनसक्यो भने नेपालमा विदेशी विद्यार्थी नेपाल आउन सक्छन् । नेपाल नै शिक्षाको हब बन्नसक्छ । अहिलेको बेला शिक्षा नै महत्त्वपूर्ण कुरा हो, शिक्षालाई प्राथमिकता दिनुपर्छ ।"

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १७:२७
प्रतिक्रिया दिनुहोस्