देश

काठमाडौं । देशभर प्रहरीका सात ९१ कार्यालय भाडामा सञ्चालन गरिएको छ । केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले देशभर दुई हजार ६६० युनिटमा सात सय ९१ कार्यालय भाडामा सञ्चालन रहेको जानकारी दिए ।
थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीसँग साक्षात्कार गर्दै उक्त जानकारी दिएका हुन् । योसँगै उनले आर्थिक वर्ष ०८१/०८२ को १० महिनाको अवधिमा नेपाल प्रहरीबाट सम्पादित उपलब्धिबारे समेत जानकारी गराएका थिए ।
प्रहरीको पछिल्लो तथ्यांकअनुसार आत्महत्या, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, बैंकिङ कसुर, लागुऔषधलगायतमा अपराध दर्ता संख्या गत वर्षहरूमा भन्दा कम देखिएको प्रवक्ता एसएसपी थापाको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ १६:४६
प्रतिक्रिया दिनुहोस्