अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकहजार १०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन एक लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बिहीबार सुन प्रतितोला एक लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य २० रुपैयाँ घटेर एकहजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एकहजार ९२५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२ ११:०४
प्रतिक्रिया दिनुहोस्