site stats
बाह्रखरी :: Baahrakhari
खेल
टोटनहमलाई ४१ वर्षपछि युरोपियन उपाधि

काठमाडौं । म्यानचेस्टर युनाइटेडविरुद्ध १–० को कठिन जित निकाल्दै टोटनहमले यूईएफए युरोपा लिगको उपाधि जितेको छ । 

टोटनहमले ४१ वर्षपछि कुनै पनि युरोपियन उपाधि जितेको हो । यसअघि टोटनहमले सन् १९८३–८४ मा युरोपियन प्रतियोगिताको उपाधि जितेको थियो । 

यस्तै, टोटनहमले यो उपाधिसँगै सन् २००७–०८ देखिको उपाधिविहीन यात्रामा पनि पूर्णविराम लगाएको छ । टोलीले २००७–०८ मा काराबाओ कप जितेयता अरू कुनै उपाधि जित्न सकेको थिए । 

बुधबार सेभियाको सान मामेस रंगशालामा सम्पन्न खेलमा ब्रेनन जोन्सनले गरेको एकमात्र गोल टोटनहमको जितमा पर्याप्त बन्यो । ४२औँ मिनेटमा पापे सारको क्रसमा जोन्सनको प्रहार युनाइटेडका रक्षक लुकशबाट ‘डिफ्लेक्ट’ हुँदै गोलमा परिणत भएको थियो ।

यो जितसँगै टोटनहम आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्