site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोना र प्रशिक्षक फ्लिकबीचको सम्झौता नवीकरण

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले मुख्यप्रशिक्षक हेन्सी फ्लिकसँगको सम्झौता नवीकरण गरेको छ । बार्सिलोनाले बुधबार जर्मन प्रशिक्षक फ्लिकसँगको सम्झौता सन् २०२७ सम्मका निम्ति नवीकरण गरेको हो ।

यसअघि, फ्लिक सन् २०२४ को मेमा बार्सिलोनाको मुख्यप्रशिक्षकमा नियुक्त भएका थिए । उनको प्रशिक्षणमा बार्सिलोनाले पहिलो सिजनमै घरेलु फुटबलमा तीन उपाधि जितेको थियो ।

फ्लिकको प्रशिक्षणमा बार्सिलोनाले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कपको उपाधि जितेको हो । च्याम्पियन्स लिगमा पनि बार्सिलोनाले सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो ।

“हेन्सी फ्लिकले पहिलो सिजनमै बार्सिलोनाका समर्थकलाई खुसी बनाए । उनले टिमलाई दिएको आत्मविश्वास, उत्कृष्ट पुनरागमन र उपाधिहरूका समर्थ खुसी रहे,” बार्सिलोनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “जर्मन प्रशिक्षकले पहिलो सिजनमै युरोपका अन्य प्रतिद्वन्द्वीमा बार्सिलोनाको डर फेरि एकपटक जगाएका छन् । फ्लिकले बार्सिलोनाबाट इतिहास बनाउन लागेका छन् । आशा छ, आगामी दिनमा पनि यी उपलब्धिले निरन्तरता पाउनेछ ।”

६० वर्षीय फ्लिकले यसअघि सन् २०२० मा बायर्न म्युनिखलाई तेहेरो उपाधि दिलाएका थिए । त्यसबेला बायर्नले च्याम्पियन्स लिग, जर्मन कप र बुन्डेसलिगाको उपाधि जितेको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ८, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्