
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी प्रहरी सहायक निरीक्षक (असइ) कुन्जाङ छोपेल शेर्पालाई प्रहरी नायव निरीक्षक (सइ) पदमा पदोन्नति गरिएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पीसीसी) बैठकको निर्णयले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल शेर्पालाई विशेष बढुवा प्रदान गरी प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको हो ।
नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पाले ०८२ जेठ ५ गते सोमबार बिहान ०८ः५६ बजे सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
उनले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी तथा लैंगिक हिंसाविरुद्धको नारासहितको ब्यानर फहराउन सफल भएकी थिइन् ।