site stats
बाह्रखरी :: Baahrakhari
देश
हवाई टिकट, ट्रान्जिट भिसा भन्दै युवकले बनाइदिए नक्कली कागजात

काठमाडौं । नक्कली कागजात बनाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गिल्ट ट्राभल्स एन्ड टुर्सका सञ्चालक २१ वर्षीय श्रृजेश कार्की छन् । कार्की काठमाडौंको लैनचौरका हुन् ।

जर्मनीमा अन्तर्राष्ट्रिय अपांगता सम्मेलन २०२५ मा सहभागी हुने व्यक्तिहरूका निम्ति हवाई टिकट, टर्कीको ट्रान्जिट भिसा र होटेल बुकिङ समेत गरिदिने भन्दै उनले रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

हवाई टिकट, ट्रान्जिट भिसा भन्दै उनले नक्कली कागजात बनाएर चार लाख तीस हजार रुपैयाँ ठगी गरेको उजुरी परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

सोमबार (जेठ ५) उनलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली पठाइएको कार्यालयका एसपी काजीकुमार आचार्यले जानकारी दिए ।

कार्की बैंकिङ कसुर मुद्दामा समेत फरार आरोपित रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  २०:२५
प्रतिक्रिया दिनुहोस्