देश

काठमाडौं । विश्व पौडेलविरुद्धको रिट दरपिठ आदेश सदर भएको छ । मंगलबार सर्वोच्च अदालतकी न्यायाधीश सपनाप्रधान मल्लको इजलासले दरपिठ आदेश सदर गरेको हो ।
अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले दायर गरेको रिटलाई सर्वोच्चले गएको शुक्रबार दरपिठ गरिदिएको थियो । दरपिठविरुद्ध उनीहरूले सोमबार निवेदन दर्ता गरेका थिए ।
दरपिठ आदेश सदर भएसँगै पौडेललाई गभर्नर नियुक्तिमा कुनै बाधा नपर्ने भएको छ ।
सत्तासाझेदार नेपाली कांग्रेस र नेकपा (एमाले)बीच राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पौडललाई गभर्नर बनाउने सहमति भएको छ ।
आजै गभर्नर सिफारिस समितिको बैठकले गभर्नर सिफारिस गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्