site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विश्व पौडेलविरुद्धको रिट सर्वोच्च प्रशासनबाट दरपिठ

काठमाडौं । सर्वोच्च अदालत प्रशासनले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्धको रिट दरपिठ गरिदिएको छ । सिफारिस समितिबाट राजीनामा दिएसँगै पौडेलविरुद्ध अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले रिट दायर गरेका थिए । बुधबार र बिहीबार दर्ता नभएको रिट शुक्रबार सर्वोच्च अदालतका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपिठ गरिदिएका हुन् ।

पौडेलको नाम सिफारिस समितिले प्रस्ताव नगरेको, उनको राजीनामा सार्वजनिक सरोकारको विषय भएकोबारे रिटकर्ताले खुलाउन नसकेकोसहित कारण दिएर सर्वोच्च प्रशासनले रिट खारेज गरिदिएको हो । सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले रिट दरपिठ भएको पुष्टि गरे ।

Argakhachi Cement Island Ad

“गभर्नर सिफारिस समितिले उहाँलाई सिफारिस गरिसकेको अवस्था देखिएन, समाचारमा आएकै भरमा आएहको रिट अपरिपक्व देखिएको भन्ने छ,” पाण्डेले भने, “सामूहिक अधिकारको हनन् भयो भन्ने कुरा उल्लेख रहेछ । तर, कसरी हनन् भयो भन्ने खुलाउन नसकेको भनिएको छ ।”

रिटमा राजनीतिक दलमा सदस्य भएका व्यक्ति गभर्नर नियुक्त हुन नसक्ने र नेपाली कांग्रेसको महासमिति सदस्य तथा निर्वाचनमा पराजित प्रतिनिधिसभा सदस्यको उमेदवार रहेकाले पौडेललाई गभर्नर बनाउन नहुने उल्लेख थियो । तर, नेपाली कांग्रेसले पौडेलले २०८० सालमै चीनको एक विश्वविद्यालयमा पढाउन जानुअघि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने सर्तका कारण राजीनामा दिइसकेको बताएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १२:२७
प्रतिक्रिया दिनुहोस्