अर्थ व्यवसाय

विराटनगर । कोसी प्रदेश सभामा आजदेखि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ । कोसी प्रदेश सभाका कार्यवाहक प्रदेश प्रमुख गौतमराज अमात्यले आजबाट नीति तथा कार्यक्रम माथि छलफल प्रारम्भ हुने बताए ।
सोमबार प्रदेश प्रमुख परशुराम खापुङले आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्रममा सरकारले केही पुराना र नयाँ योजना अघि सारेको छ ।
कोसी सभाको बैठक आज दिउँसो १ बजेलाई तोकिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२ १२:३५
प्रतिक्रिया दिनुहोस्