site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
फरक मत राख्नेप्रति राज्य अनुदार भयो : भक्ति सिटौला

विराटनगर । राप्रपा कोसी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले फरक मत राख्नेप्रति राज्य अनुदार भएर अघि बढेको आरोप लगाएका छन् । 

कोसी प्रदेशसभाको सातौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै सिटौलाले चैत १५ को घटनामा राज्यले त्यस्तै चरित्र देखाएको बताए । “धेरैलाई राज्य विप्लवको मुद्दा लगाइएको छ । के मुलुकमा विकल्प खोज्न पाइँदैन ? के हामीले प्राप्त गरेको संविधानमा विमति राख्ने अधिकार छैन ?,” उनले भने ।

सिटौलाले अधिकारको माग गर्दा पुलिस कस्टडीमा राख्नु अनुचित भएको भन्दै थुनामा रहेकाहरूको शीघ्र रिहाइको माग गरे । कूटनीतिक रूपमा मुलुक कमजोर भएर जाँदा अन्तराष्ट्रिय बदनामी हुन पुगेको उनको कथन थियो । 

आर्थिक अवस्था सुधार नहुँदा मुलुक उन्नतितर्फ उन्मुख नभएको बताउँदै सिटौलाले रोजगारीका कुनै अवसर सिर्जना नभएको दाबी गरे । “लाखौँ विद्यार्थी बाहिर जाँदा सोही परिमाणमा रकम बाहिरिएको छ,” उनले भने ।
 
कोसी प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनले सकारात्मक सन्देश दिएको भन्दै सिटौलाले अब लगानीको वातवावरण बनाउन सरकारले काम गर्नुपर्ने सुझाव दिए । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १५:५३
प्रतिक्रिया दिनुहोस्