site stats
बाह्रखरी :: Baahrakhari
देश
अछाममा बलात्कार आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । अछाममा २० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा चौरपाटी गाउँपालिका–१ बस्ने २६ वर्षीय डबलबहादुर थापा छन् । उनलाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय अछामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:१३
प्रतिक्रिया दिनुहोस्