
काठमाडौं । भारत र पाकिस्तानबीच तनाव भएपछि स्थगित भएर पुनः सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल)को पहिलो खेल वर्षाका कारण रद्द भएको छ । यसअघि भारत र पाकिस्तानबीच हवाई हमलाका कारण भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले प्रतियोगिता एक हप्ता स्थगित गर्ने निर्णय गरेको थियो ।
शनिबार बेंगलुरुमा हुने तालिका रहेको घरेलु टिम रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्सबीचको खेल वर्षाका कारण टस समेत नभई रद्द भएको हो । यो नतिजासँगै साविक विजेता समेत रहेको कोलकाता प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने चौथो टोली बनेको छ ।
कोलकाता १३ खेलबाट १२ अंकसहित तालिकाको छैटौँ स्थानमा छ । यता, तालिकाको शीर्ष स्थानमा आसिन बेंगलुरु भने तालिकाको शीर्ष स्थानमा कायमै छ । बेंगलुरुले १२ खेलबाट १७ अंक जोडेको छ ।