site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकाले यूएईसँग गर्‍यो २०० अर्बको सम्झौता
तस्बिर : अलजजिरा ।

वासिङ्टन । संयुक्त राज्य अमेरिकाले बिहीबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग २०० अर्ब डलरभन्दा बढीको सम्झौता घोषणा गरेको छ । सम्झौतामा अत्याधुनिक अन्तरिक्ष यान, ऊर्जा र महत्त्वपूर्ण खनिजहरू समावेश गरिएको छ । 

जीई एरोस्पेसले इतिहाद एयरवेजबाट जीई इन्जिनद्वारा सञ्चालित  बोइङ र विमान खरिद गर्नका लागि १४.५ बिलियन डलरको सम्झौता गरेको ह्वाइट हाउसले प्रेस विज्ञप्तिमार्फत जनाएको छ ।

‘इमिरेट्स ग्लोबल एल्युमिनियम’ले ओक्लाहोमा राज्यमा चार अर्ब डलरको प्राथमिक एल्युमिनियम गाल्ने परियोजनामा लगानी गर्ने प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।   

एक्सोनमोबिल, अक्सिडेन्टल पेट्रोलियम र ईओजी रिसोर्सेजले अबुधाबीको नेसनल आयल कम्पनीसँग ६०  अर्ब डलरको तेल र प्राकृतिक ग्यासको उत्पादनका लागि सहकार्य गरिरहेको छ । 

यसैगरी आरटीएक्सले इमिरेट्स ग्लोबल एल्युमिनियम र यूएईको काउन्सिल तवाजुनसँग चर्चित ‘ग्यालियम प्रोजेक्ट’ मा साझेदारी गरिरहेको छ ।

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार साउदी अरब र कतारको भ्रमणपछि  युएईको भ्रमण गरेका हुन् । रासस/सिन्ह्वा  

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:४१
प्रतिक्रिया दिनुहोस्