site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंबाट माइक्रोबस चोरेर युवकले पुर्‍याए धादिङ

काठमाडौं । माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका–१ का १९ वर्षीय सुदीप थापा छन् ।

काठमाडौं महानगरपालिका–१६, वनस्थलीबाट उनले वाग्मती प्रदेश ०१–००२ज६७६६ नम्बरको इलेक्ट्रोनिक माइक्रोबस चोरी गरेका प्रहरीले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रहरीका अनुसार, गएको वैशाख २९ गते अपराह्न वनस्थलीस्थित विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङस्थलबाट उक्त माइक्रो चोरी गरी उनले चलाएर धादिङ पुर्‍याएका थिए । माइक्रोसहित उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहोराले जानकारी दिए ।

थापा वनस्थलीमा बस्दै आएका थिए । चोरीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति प्राप्त भई उनीमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  २१:०१
प्रतिक्रिया दिनुहोस्