-1747307793.jpg)
काठमाडौं । एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर सञ्चालनमा आएको डिजिटल रेमिट्यान्स सेवा प्रदायक कम्पनी– ईसेवा मनी ट्रान्सफरले आफ्नो पाँच वर्षे यात्रा पूरा गरेको छ । कम्पनीले स्थापनाकालदेखि नै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले विश्वभर रहेका २०० भन्दा बढी देशहरूबाट नेपालीहरूले नेपालमा सजिलै पैसा पठाउन सक्ने सेवा उपलब्ध गराउँदै आएको छ ।
पाँच वर्षको अवधिमा, ईसेवा मनी ट्रान्सफरले १०० भन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गर्दै एक बलियो तथा विश्वासिलो अन्तर्राष्ट्रिय नेटवर्क निर्माण गर्न सफल भएको बताइएको छ । यस नेटवर्कमार्फत विदेशमा रहेका नेपालीहरूले आफ्ना प्रियजनको ईसेवा वालेट, बैंक खाता वा नगद भुक्तानी केन्द्रहरूमा सजिलै, सुरक्षित र प्रभावकारी तरिकाले रकम पठाउन सहज बनाएको छ ।
पाँचौँ वार्षिकोत्सवको अवसरमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले पाँच वर्षको अवधिमै ईसेवा मनी ट्रान्सफरले सुलभ, छिटो, सुरक्षित र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरूको मन जितेर उनीहरूको पहिलो रोजाइ बन्न सफल भएको बताए ।
एफवान सफ्ट ग्रुपका अध्यक्ष सिद्धान्त ठकुरीले ईसेवा मनी ट्रान्सफरको पाँचौँ वार्षिकोत्सव, नेपालमा वित्तीय सेवा क्षेत्रको रूपान्तरण गर्ने दूरदृष्टि तर्फको एक महत्त्वपूर्ण पाइला हो भन्ने अनुभूति गराउने बताए ।
ईसेवा ०७७ वैशाख ३० गते स्थापना भएको हो ।