site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बंगलादेशमा हसिनाको दलमाथि प्रतिबन्ध, अवामी लिगले भन्यो– गतिविधि जारी राख्छौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगमाथि प्रतिबन्ध लगाएको छ । सरकारले देशको आतंकवाद विरोधी ऐनअन्तर्गत राष्ट्रिय सुरक्षा अवस्थाको आधारमा अवामी लिगका सबै गतिविधिमाथि प्रतिबन्ध लगाइएको रोयटर्सले जनाएको छ ।

विद्यार्थीको नेतृत्वमा उभिएको राष्ट्रिय नागरिक पार्टीले गरेको सडक प्रदर्शनपछि सरकारको घोषणा आएको हो । नागरिक पार्टी गत वर्षको विद्रोहपछि उदाएको हो, जसले हासिनालाई पदच्युत गराएका थियो ।

जमात–ए–इस्लामीलगायत धार्मिक र दक्षिणपन्थी दल पनि प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले पनि अवामी लिगलाई आतंकवादी संगठन घोषणा गर्न माग गरेका थिए ।

सरकारले अन्तर्राष्ट्रिय अपराध अदालतमा परेको अवामी लिग र यसको नेतृत्वको मुद्दा सामाधान नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ ।

सरकारले आईसीटी ऐनमा संशोधन गरी ट्रिब्युनलले व्यक्तिमात्र होइन, राजनीतिक दल र संस्थालाई पनि मुद्दा चलाउन सक्ने व्यवस्था गरेको छ । यसले अवामी लिगलाई पार्टीको सत्ता कार्यकालमा गरेको अपराधका लागि अभियोग चलाउने मार्ग प्रशस्त गरेको छ ।

यसैबीच, भारतको टाइम्स अफ इन्डियाले जनाएअनुसार पूर्वप्रधानमन्त्री हसिनाको अवामी लिगले प्रतिबन्ध लगाउने निर्णयप्रति आपत्ति जनाएको छ । उसले प्रतिबन्धलाई अस्वीकार गरेको छ । साथै, प्रतिबन्धको बाबजुद आफ्नो गतिविधि जारी राख्ने बताएको छ ।

अवामी लिगले भनेको छ, “हामीले फासिस्ट तानाशाह युनुस सरकारको यो निर्णय घृणासाथ अस्वीकार र विरोध गर्दछौँ । अवामी लिगले फासिस्ट युनुस सरकारको निर्णयलाई अस्वीकार गर्दै उपयुक्त बाटोमार्फत आफ्नो गतिविधि अगाडि बढाउने छ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro