site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाका फातीले लोनमा मोनाकाबाट खेल्ने

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड अन्सु फातीलाई फ्रेन्च टिम मोनाकोले लोनमा भित्र्याएको छ ।

पछिल्लो समय स्वाभाविक लयका निम्ति संघर्षरत फातीले सन् २०२३–२०२४ को सिजनमा ब्राइटनबाट लोनमा खेलेका थिए । उनले ब्राइटनबाट एक सिजन खेल्दा चार गोल गरेका थिए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लोनमा मोनाको जानुअघि बार्सिलोनाले फातीसँगको सम्झौता लम्ब्याएको छ । बार्सिलोनाले फातीसँगको सम्झौता सन् २०२८ मा थपेर मात्रै मोनाकोसँग लोन सम्झौता गरेको हो ।

फाती मोनाकोले आगामी सिजनको पूर्वसन्ध्यामा भित्र्याएको तेस्रो खेलाडी हुन् । यसअघि, मोनाकोले इंग्ल्यान्डका रक्षक एरिक डाइर र फ्रान्सबाट सन् २०१८ को फिफा विश्वकप विजेता पल पोग्बालाई टोलीमा अनुबन्ध गरेको थियो । 

अफ्रिकी मुलुक गिनी–बिसाउमा जन्मिएका फातीले १७ वर्षको उमेरमा स्पेनको राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए । कुनै समय चर्चित युवा स्टार बनेका फातीले स्पेनिस क्लब बार्सिलोनाबाट १६ वर्षको उमेरमै व्यावसायिक फुटबलमा डेब्यू गरेका थिए ।

उनले बार्सिलोनाबाट १२३ खेल खेल्दा २९ गोल गरेका छन् । उनले क्याटालन क्लबबाट दुईपटक स्पेनिस लिगको उपाधि जितेका छन् ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्