
काठमाडौं । काठमाडौं महानगरपालिका गोदावरी मेयर कपको सेमिफाइनल प्रवेश गर्ने पहिलो टोली बनेको छ । बिहीबार गोदावरी बहुउद्देश्यीय रंगशालमा मध्यपुर थिमि नगरपालिकालाई १–० ले पराजित गरेपछि समूह ‘बी’को विजेता बनेको काठमाडौं सेमिफाइनल प्रवेश गरेको हो ।
काठमाडौंको जितमा सरोज तामाङले खेलको २९औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । मध्यपुर थिमिले गोल गर्न सकेन ।
यसअघि, गत सोमबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा काठमाडौंले चाँगुनारायण नगरपालिकालाई ५–० ले पराजित गरेको थियो ।
काठमाडौंले अब समूह ‘डी’को विजेतासँग फाइनलका लागि प्रतिस्पर्धा गर्नेछ । यी दुई टिमको खेल वैशाख ३० गते दिउँसो ३ः३० बजे हुने तय भएको छ । समूह ‘डी’को विजेता भने टुंगो लागेको छैन ।
प्रतियोगितामा १३ पालिका सहभागी छन् ।