site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो सेनाले हमास गाजा प्रमुख मोहम्मद सिनवारलाई 'मारेको' बताएका छन् । मोहम्मद सिनवार इजरायलको मोस्ट वान्टेड व्यक्तिमध्ये एक र पूर्वहमास नेता याह्या सिनवारका भाइ थिए ।

दक्षिणी सहर खान युनिसको युरोपेली अस्पतालको आँगन र वरपरको क्षेत्रमा प्रमुख आक्रमण गरिएको थियो, जसमा मोहम्मद सिनवारलाई लक्षित गरिएको थियो । यस आक्रमणमा हमासको 'भूमिगत संरचना' ध्वस्त भयो ।

Argakhachi Cement Island Ad

गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले त्यतिबेला २८ जनाको मृत्यु भएको बताएको थियो । हमासले सिनवारको मृत्युको पुष्टि वा अस्वीकार गरेको छैन ।

याह्या सिनवारलाई गत वर्ष अक्टोबरमा इजरायली सैनिकहरूले मारेका थिए । सिनवारलाई ७ अक्टोबर २०२३ मा इजरायलमा भएको आक्रमणको मास्टरमाइन्ड मानिएको थियो ।

६०० दिनअघि इजरायलमा भएको हमासको आक्रमणमा करिब १,२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो ।

यस आक्रमणको जवाफमा, इजरायलले गाजामा सैन्य कारबाही सुरु गर्‍यो । त्यसबेलादेखि, हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा कम्तीमा ५४ हजार ८४ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  २२:५३
प्रतिक्रिया दिनुहोस्