site stats
बाह्रखरी :: Baahrakhari
खेल
आयरल्यान्ड र इंग्ल्यान्डविरुद्धको खेलबाट बाहिरिए माने

काठमाडौं । सेनेगलका कप्तान साडिओ माने आयरल्यान्ड र इंग्ल्यान्डविरुद्ध मैत्रीपूर्ण खेलमा अनुपस्थित हुने भएका छन् । मानेले व्यक्तिगत कारण देखाउँदै आयरलयान्ड र इंग्ल्यान्डविरुद्ध खेल्न असमर्थता जनाएको टोलीका प्रमुख प्रशिक्षक पेप थाइवले जानकारी दिएका हुन् । 

सेनेगलले आगामी महिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत आयरल्यान्ड र इंग्ल्याडसँग खेल्ने तालिका छ । जसको निम्ति प्रशिक्षक थाइवले घोषणा गरेको २६ सदस्यीय टोलीमा माने समावेश छैनन् ।

Argakhachi Cement Island Ad

प्रशिक्षक थाइवले भने, “खेल्ने नखेल्ने उनको निर्णय हो । म प्रशिक्षकका रूपमा उनले लिएको निर्णयको सम्मान गर्छु ।”

सेनेगलको राष्ट्रिय टोलीबाट ३३ वर्षीय मानेले १११ क्याप जितेका छन् । 

सेनेगलले आगामी जुन ६ मा आयरल्यान्डको डब्लिनमा आयरल्यान्ड र जुन १० मा नटिङ्घममा इंग्ल्यान्डविरुद्ध खेल्ने तालिका छ । 

साडियो खेलमा अनुपस्थित हुने भएसँगै प्रशिक्षक थाइवले मिडफिल्डर मामाडोउ लामिन कामारालाई स्थान दिएका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १३:५८
प्रतिक्रिया दिनुहोस्