site stats
बाह्रखरी :: Baahrakhari
खेल
स्वारेजको क्लबमा मेसीको साझेदारी, उरुग्वेको चौथो डिभिजनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेसीले इन्टर मियामीका सहकर्मी लुइस स्वारेजसँग डिर्पोटिभो एलएसएममा सहकार्य गर्ने भएका छन् । 

यसअघि डिर्पोटिभो एलएसको नामले परिचित यो क्लब सन् २०१८ मा लुइस स्वारेजले खोलेका थिए । उरुग्वेमा व्यावसायिक फुटबल खेल्ने यस क्लबमा मेसीको आगमनसँगै क्लबको नाम परिवतर्न गर्दै डिर्पोटिभो एलएसएम राखिएको हो ।

Argakhachi Cement Island Ad

मंगलबार स्वारेजले सामाजिक सञ्जालमार्फत क्लबको ‘रिब्रान्डिङ’ गर्ने जनाए । मेसीको आगमनसँगै क्लबले नयाँ नाममा ‘एम’ थपेको रोयटर्सले खुलाएको छ । क्लबले उरुग्वेको चौथो डिभिजनबाट व्यावसायिक फुटबलको सुरुआत गर्ने जनाइएको छ ।

“म यो अवसरका निम्ति स्वारेजलाई धन्यवाद व्यक्त गर्न चाहन्छु । मैले क्लबको विकासका निम्ति स्वारेजसँगै यसमा आफूले सक्ने योगदान गर्नेछु,” क्लबको सह–स्वामित्वमा आएपछि मेसीले भने ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १२:१६
प्रतिक्रिया दिनुहोस्