site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुम्बई इन्डियन्सका कप्तान हार्दिक र गुजरातका प्रशिक्षक नेहेरालाई जरिवाना

काठमाडौं । भारतीय क्रिकेड बोर्ड (बीसीसीआई)ले इन्डियन प्रिमियर लिग (आईपीएल) टोली मुम्बई इन्डियन्सका कप्तान हार्दिक पण्ड्या र गुजरात टाइटन्सका प्रशिक्षक आशिष नेहेरालाई कारबाही गरेको छ ।

बीसीसीआईले आईपीएलको आचारसंहिता उल्लंघन गरेको जनाउँदै कप्तान हार्दिक र प्रशिक्षक नेहेरालाई जरिवाना तिराएको हो ।

बीसीसीआईले कप्तान हार्दिकलाई २४ लाख भारु तिराएको हो । बोर्डले स्लो ओभर रेट का कारण कप्तानलाई जरिवाना तिराएको जनाएको छ ।

यस्तै, खेलको भावनाविपरीत कार्य गरेको जनाउँदै प्रशिक्षक नेहेरालाई ‘म्याच फि’को २५ प्रतिशत जरिवाना तिराउने निर्णय गरेको छ ।

गएराति मुम्बईको वान्खडे रंगशालामा सम्पन्न खेलमा घरेलु टिम गुजरातसँग डकवर्थ लेविस (डीएल) पद्धतिअनुुसार मुम्बई तीन विकेटले पराजित भएको थियो ।

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १८:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro