site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय हवाई आक्रमणमा जैश–ए–मोहम्मद प्रमुखको परिवारका १० सदस्य मारिए

काठमाडौं । अतिवादी संगठन जैश–ए–मोहम्मदले भारतले गए राति पाकिस्तानमाथि गरेको आक्रमणमा संगठनका प्रमुख मसूद अजहरको परिवारका १० सदस्य र चारजना नजिकका सहयोगी मारिएको बताएको छ ।

यस सम्बन्धमा जैश–ए–मोहम्मद (जेईएम)ले बुधबार एक विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा मृत्यु हुनेहरूमा मसूद अजहरकी दिदी र भिनाजु, भतिजा, भतिजाकी श्रीमती, भतिजी र परिवारका पाँच छोराछोरी रहेको उल्लेख छ ।

जैश–ए–मोहम्मदले मसूद अजहरका तीन नजिकका सहयोगी र ती सहयोगीहरूमध्ये एककी आमा पनि आक्रमणमा मारिएको जनाएको छ ।

विज्ञप्ति अनुसार, पाकिस्तानको बहावलपुरमा रहेको सुभान अल्लाह मस्जिदमा भएको आक्रमणमा मसूद अजहरका आफन्तको मृत्यु भएको हो ।

फेब्रुअरी २०१९ मा जैश–ए–मोहम्मदले जम्मू–कश्मीरमा आत्मघाती बम विस्फोट गराएको थियो, जसमा ४० भारतीय सैनिक मारिएका थिए ।

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६–७ मे २०२५ को राति १ः०५ देखि १ः३० बजेको बीचमा ‘अपरेसन सिन्दूर’ चलाएको बताएकी थिइन् । 

“यो अपरेसन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी आक्रमणको सिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेसनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्णरूपमा ध्वस्त पारिएको थियो,” उनले भनिन् । 

पाकिस्तानले भारतीय हवाई आक्रमणमा २६ जना सर्वसाधारण पाकिस्तानी मारिएको र ४६ जना घाइते भएको बताएको छ । 

भारतले नियन्त्रण रेखामा सीमापार गोलाबारी हुँदा १० जना भारतीय सर्वसाधारण मारिएको र ३२ जना घाइते भएको बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १४:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro