site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
राजस्व क्षेत्रमा लेखा पढेका जनशक्ति आवश्यक : ऋषिकेश पोखरेल
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का नेता ऋषिकेश पोखरेलले राजस्वका कर्मचारी लेखा पढेको हुनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा पोखरेलले लेखा पढेको जनशक्तिले राजस्व क्षेत्र बुझ्ने बताए ।

“आज हाम्रो राजस्व क्षेत्रको जनशक्ति कम्तीमा लेखा पढेको हुनु आवश्यक छ, लेखा क्षेत्रका व्यक्तिलाई राजस्व क्षेत्रमा प्रयोग गर्नुपर्ने स्थिति हामीले देख्छौँ,” उनले भने, “विभिन्न विषयगत व्यक्तिहरूको अनुपस्थितिका कारण राजस्व प्रशासनभित्र भएको आजको अफ्ठ्यारोलाई हामीले नजिकबाट नियाल्न सक्छौँ ।”

Argakhachi Cement Island Ad

सन्तुलित विकासका लागि सरकारले पहल गर्नुपर्ने पनि उनले बताए ।  

 

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  १७:०२
प्रतिक्रिया दिनुहोस्