site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
इजरायली सुरक्षा मन्त्रिपरिषद्‌बाट गाजा कब्जा गर्ने योजना स्वीकृत

काठमाडौं । इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजामा हमासविरुद्धको सैन्य आक्रमण विस्तार गर्ने योजना स्वीकृत गरेको छ । यसमा गाजा कब्जा गरी त्यस क्षेत्रलाई नियन्त्रणमा राख्ने पनि रहेको बताइएको बीबीसीले जनाएको छ ।

इजरायली सेनाले यो अभियानको तयारीका लागि हजारौँ रिजर्भ सैनिकहरूलाई पनि युद्धभूमिमा बोलाएको समाचारमा बताइएको छ ।

इजरायलले यो योजनामार्फत हमासलाई दबाब बढाउँदै हमासको कब्जामा रहेको बाँकी इजरायली बन्धकहरू घर फिर्ता ल्याउने र हमासलाई पराजित गर्ने लक्ष्य राखेको छ । यो योजना अर्को हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भ्रमणपछि मात्र कार्यान्वयन गरिने बताइएको छ ।

इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले निजी कम्पनीहरूमार्फत मानवीय सहयोग वितरण पुनः सुरु गर्ने योजना पनि सैद्धान्तिक रूपमा स्वीकृत गरेको बताइएको छ । यसले गाजामा दुईमहिने नाकाबन्दीका कारण गम्भीर खाद्य अभाव भएको भन्ने संयुक्त राष्ट्रसंघको असन्तुष्टि पनि अन्त्य गर्नेछ ।

संयुक्त राष्ट्रसंघ र अन्य सहयोगी संस्थाहरूले यो प्रस्ताव मानवीय सिद्धान्तको उल्लंघन हो भनेर सहयोग गर्न अस्वीकार गरेका छन् ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको सुरक्षा मन्त्रिपरिषद्ले आइतबार साँझ गाजा आक्रमणबारे छलफल गर्न बैठक गरेको थियो । यो १८ मार्चमा इजरायलले दुईमहिने युद्धविराम अन्त्य गरेपछि पुनः सुरु भएको हो ।

इजरायली मिडियाहरूका अनुसार, मन्त्रीहरूले केही महिनाको अवधिमा जमिनबाट सैन्य अभियान क्रमिक रूपमा विस्तार गर्ने प्रस्तावमा सुरक्षा मन्त्रिपरिषद्ले एकमतले स्वीकृति दिएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १६:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro