site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
लामिनार टायल्सको उत्कृष्टताको अवलोकन र अनुभव अब काठमाडौंमा गर्न सकिने 

काठमाडौं । देशकै पहिलो र एकमात्रै शतप्रतिशत भिट्रिफाइड टायल, लामिनार टायल्सले काठमाडौंमा एस्क्लुसिभ फ्ल्यागसिप एक्सपिरियन्स सेन्टरको शुभारम्भ गरेको छ । 

उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आज एक समारोहबीच औपचारिक उद्घाटन गरेसँगै नयाँ घर बनाउन वा घरको पुनर्निर्माण गर्न चाहने उपभोक्ता, निर्माणकर्मी, इन्जिनियर र इन्टेरियर डिजाइनरका साथै टायलबारे रुचि र सरोकार राख्ने जोसुकैका लागि उक्त सेन्टरको खुल्ला भएको कम्पनीले जनाएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

एकै थलोमा रहेर कम्पनीले उत्पादन गरिरहेको सम्पूर्ण संग्रहका साथै नेपाली टाइलको नवीनता प्रविधिको प्रत्यक्ष अवलोकन र अनुभव लिनका लागि अवसर प्रदान गर्ने उद्देश्यका साथ गैरीधारा, उत्तरढोका अगाडि सेन्टरको स्थापना गरिएको हो ।  

सेन्टरको उद्घाटन गर्दै मन्त्री सिंहले नेपाली उत्पादनहरूको प्रयोग बढाउन आग्रह गरे । उनले भने, “होटल, रेस्टुरेन्ट, भवन, अस्पताल वा व्यक्तिगत घर–जुनसुकै प्रकारको भौतिक संरचना निर्माण गर्दा पनि लामिनार भिट्रिफाइड टायल्स प्रयोग गर्न सबैलाई अनुरोध गर्दछु ।”

विशेषगरी सातवटा संग्रहमा वर्गीकृत ४०० भन्दा बढी अन्तर्राष्ट्रिय स्तरका डिजाइनलाई प्रदर्शित गर्न चार हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यो सेन्टरले निम्न क्षेत्रका लागि समाधान प्रदान गर्दछ :
१) घर तथा व्यावसायिक भवनका भित्री भित्ता तथा भुइँ
२) सपिङ मल, होटेल, शैक्षिक संस्था, विमानस्थलजस्ता उच्च आवतजावतका क्षेत्र
३) छत, बाल्कोनी, पोखरी, बाथरुमजस्ता पानीको सम्पर्कमा आउने वा भिज्ने तथा खुला क्षेत्र
४) क्लाडिङ, फसाड, ड्राइभवे र पार्किङका लागि बाहिरी प्रयोगका क्षेत्र

सेन्टरमा ०.०८ प्रतिशतभन्दा कम पानी सोस्ने गुणयुक्त पूर्णतया भिट्रिफाइड टायललाई प्रदर्शनीमा राखिएका छन् जसले उच्च मजबुती, दीर्घकालीन टिकाउपन, दागप्रतिरोधी विशेषताका साथ दिगो सौन्दर्यलाई सुनिश्चित गर्नेछन् । 

“यो सेन्टर परम्परागत सोरुमभन्दा फरक छ जसलाई डिजाइन प्रेरणाको गन्तव्य र नेपालकै नवप्रवर्तनको अभूतपूर्व प्रमाणका रूपमा लिन सकिन्छ,” लामिनार टायल्सका अध्यक्ष धितालले बताए, “हाम्रो एक्सपिरियन्स सेन्टर लामिनारको विश्वस्तरीय गुणस्तर, दिगो स्थानीय उत्पादन र डिजाइन–मुखी सोचप्रति समर्पणको प्रतीक हो ।”

लुम्बिनी सेरामिक्स लिमिटेडद्वारा उत्पादित लामिनार टायल्स बर्दियाको गुलरियास्थित अत्याधुनिक १४ बिघा क्षेत्रफलमा अवस्थित उत्पादन केन्द्रमा निर्माण हुन्छ जसको दैनिक उत्पादन क्षमता एक लाख ४० हजार वर्गफिटभन्दा बढी रहेको छ । 
 

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १४:४७
प्रतिक्रिया दिनुहोस्