site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महिला ट्वान्टी–२० विश्वकप क्वालिफायर्स : नेपालको पहिलो खेल हङकङसँग
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी महिला ट्वान्टी–२० विश्वकप क्वालिफायर्समा नेपालले पहिलो खेलमा हङकङको सामना गर्ने भएको छ । एसियन क्वालिफायर्सको पहिलो खेलमा नेपालले हङकङको सामना गर्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।

आगामी मे ९ देखि २० सम्म थाइल्यान्डमा क्वालिफायर्सका खेल हुँदै छन् । क्वालिफायर्समा आयोजक टोली र नेपालसहित कुवेत, भुटान, मलेसिया, कतार, बहाराइन र यूएई गरी कुल नौ राष्ट्र छन् । नौ टिमलाई तीन समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह 'सी'मा छ ।

तालिका अनुसार, नेपालले मे १० मा बहाराइनसँग, मे १३ मा पुनः हङकङसँग र मे १५ मा पुनः बहाराइनसँग खेल्नेछ । प्रतियोगिताबाट शीर्ष दुई टिम ग्लोबल क्वालिफायर्समा छनोट हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro