site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निश्चलको स्वर र नृत्यमा ‘महाभोज’को ‘लालुमै’ गीत  

काठमाडौं । चलचित्र ‘महाभोज’को गीत ‘लालुमै’ सार्वजनिक गरिएको छ । आगामी जेठ १५ गते रिलिज हुने चलचित्रको गीतमा निर्देशक तथा अभिनेतासमेत रहेका निश्चल बस्नेतको स्वर छ । 

निश्चलसँगै गायिका अस्मिता अधिकारीको पनि स्वर छ । ‘लालुमै’ गीतमा हर्क साउदको शब्द, कोसिस क्षेत्री र केतन क्षेत्रीको संगीत छ । 

भिडियोमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ र स्वयं गायक निश्चल बस्नेतको नृत्य छ । 

निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र ‘पर्व’मा सहकार्य गरेका थिए । सो चलचित्रको चर्चित गीत ‘काले दाइ’मा निश्चलले स्वर दिएका थिए । नृत्य पनि उनकै थियो । 

‘महाभोज’मा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपानेलगायत कलाकारहरूको अभिनय छ । 

चलचित्रका निर्माता हिमाल कडरिया हुन् । कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १०:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro