अर्थ व्यवसाय

काठमाडौं । सरकारले सहरी पूर्वाधार विकासका लागि नगर विकास कोषलाई पुनर्संरचना गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिने बताएका हुन् ।
“सहरी पूर्वाधारका लागि थप परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गर्न यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह र वित्तीय संस्थाहरूको बीचमा वितरण गरिने छ,” राष्ट्रपति पौडेलले भने ।
त्यसैगरी आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाइने पनि राष्ट्रपति पौडेलले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १६:११
प्रतिक्रिया दिनुहोस्