अर्थ व्यवसाय

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ देखि इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागु गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने बताएका हुन् । “इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्यघण्टामा ज्याला प्रणाली लागु गरिने छ,” उनले भने, “योगदानमा आधारित सामाजिक सुरक्षा सुरक्षालाई अनिवार्य गरिनेछ ।”
त्यस्तै, श्रम अडिटका माध्यमबाट आधारभूत श्रम मापदण्डको कार्यान्वयन सुनिश्चित गरिने पनि उनले बताए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२ १५:५३
प्रतिक्रिया दिनुहोस्