site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रेमिट्यान्सको पैसा जलविद्युत् आयोजना निर्माणमा लगाइने
फाइल तस्बिर ।

काठमाडौं । जनताको जलविद्युत् आयोजनाअन्तर्गत स्वदेशी पुँजी परिचालन गरी आयोजना अघि बढाइने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गरिने बताए । वैदेशिक रोजगारीमा गएका नागरिकको रेमिट्यान्स समेत प्रयोग गरिने बताए ।

विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण गर्न घरायसी, कृषि, यातायात तथा पर्यटकीय क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाइने पौडेलले जनाए । विद्युत् आपूर्तिको सहजताका लागि ठूला आयोजना निर्माण सरकारको प्राथमिकता रहेको बताए । बहुउद्देश्यीय तथा जलाशययुक्त आयोजना अघि बढाइने पौडेलले उल्लेख गरे ।

ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने बताए । राष्ट्रिय ग्रीड नपुगेका ठाउँमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति गरिने गरिने भएको छ । प्रसारण लाइन निर्माण, ह्वीलिङ चार्ज शुल्क निर्धारण अन्य आवश्यक र नीतिगत नियम बनाइने बताए ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro