site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
भेडेटार पुगेर मुख्यमन्त्री कँडेलले गरे कर्णालीमा लगानी गर्न आग्रह

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । भेडेटारस्थित स्काइवाक अवलोकन गर्दै उनले कर्णाली प्रदेशमा पनि साहसिक पर्यटनको ठूलो सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे ।

“स्काइवाकमा अवलोकन गर्न पाउँदा निकै खुसी लागेको छ, डर मिश्रित खुसीको अनुभव भयो,” मुख्यमन्त्री कँडेलले भने, “म चाहन्छु, निर्माण कम्पनीले कर्णाली प्रदेशको पर्यटन विकासका लागि लगानी गरोस्, यसका लागि प्रदेश सरकार सहजीकरणका लागि तयार छ ।” 

Argakhachi Cement Island Ad

धनकुटाको साँगुरीगढी गाउँपालिका–४ र धरान उपमहानगरपालिका–६ को संगमस्थल भेडेटारस्थित चार्ल्स प्वाइन्टमा २० करोड रुपैयाँमा स्काइवाक निर्माण गरिएको हो । 

स्काइवाक निर्माणपछि यहाँको पर्यटकीय गतिविधि बढेको स्काइवाक भेडेटारका निर्देशन सुनील भुसालले बताए ।

स्काइवाकबाट भेडेघाटर बजार, धरानदेखि इटहरीसम्मको दृश्य तथा चारकोसे झाडी, सानोपाथीभरा मन्दिर, साँगुरीगढीलगायतको दृश्यावलोकन गर्न सकिन्छ । 

स्काइवाकको अनुभव लिन प्रतिव्यक्ति ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

स्काइवाकमा ३३ मिमि सिसाको प्रयोग गरिएको छ । परियोजनामार्फत प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब १०० जनाले रोजगारी पाएका छन् । 

आन्तरिकसँगै भारतीय र बंगलादेशी पर्यटक आउने गरेको स्काइ वाक भेडेटारका प्रवन्ध निर्देशक सञ्जीव रोक्काले बताए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १४:२१
प्रतिक्रिया दिनुहोस्