site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसको भर्चुअल बैठक : स्थानीय तहमा ईसीईडी अनिवार्य लागु गर्न महामन्त्री थापाको निर्देशन 

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीले स्थानीय तहका पार्टीनिकट जनप्रतिनिधिसँग भर्चुअल छलफल गरेका छन् । कांग्रेसको स्थानीय तह समन्वय विभागको आयोजनामा दुई दिनसम्म चलेको भर्चुअल बैठकमा महामन्त्रीद्वयले उनीहरूलाई तीन निर्देशन दिए ।

सामुदायिक विद्यालयमार्फत नै बालविकास शिक्षा (ईसीईडी) लागु गर्न, मिसन रोजगारी अभियान अघि बढाउन र स्थानीय तह सञ्चालन संयन्त्रलाई पूर्णता दिन उनीहरूले निर्देशन दिएका छन् ।

महामन्त्री गगन थापाले स्थानीय तहमा ईसीईडी अनिवार्य गर्न निर्देशन दिए । थापाले २१औँ शताब्दी ‘नलेज इकोनोमी’को भन्दै शिक्षा र सीप सँगसँगै लैजान बालबालिकामा ईसीईडी पहिलो खुड्किलो हुने बताए ।

उनका अनुसार, ४८ महिना पूरा गरेका र ६० महिना ननाघेका बालबालिका निम्ति कक्षा–१ मा भर्ना हुनुअघि नेपाल सरकारले एकवर्षे ईसीईडी कोर्ष विकास गरेको छ । ०७७ सालमा पाठ्यक्रम निर्माण गरी पाठ्यक्रम विकास केन्द्रबाट त्यो स्वीकृत समेत भइसकेकाले स्थानीय तहले त्यसलाई लागु गर्ने बाटो फुकेको उनको भनाइ थियो ।

ईसीईडी पाठ्यक्रमले ५० प्रतिशत आहार र ५० प्रतिशत संज्ञानात्मक कौशल (कग्निटिभ स्किल्स)सहितको शिक्षालाई जोड दिएको उनले उल्लेख गरे । उनले बालबालिकाको शारीरिक तथा मानसिक विकासका निम्ति त्यसले सहयोग गर्ने बताए ।

सामुदायिक विद्यालयमा श्रव्यदृश्यसहितको कक्षा सञ्चालनका निम्ति टीभी, स्मार्टबोर्डको व्यवस्था गरिए पनि त्यसमा बजारमा उपलब्ध अंग्रेजी, जापानी र हिन्दी कार्टुन प्रयोगमा ल्याइएको भन्दै त्यसले सिकाइ प्रक्रिया पूरा नहुनेमा उनले जोड दिए ।

उनले सरकारबाट स्वीकृत र सिफारिस पाठ्यसामग्री मात्र प्रयोग गर्न स्पस्ट निर्देशनका निम्ति स्थानीय तहलाई सुझाव दिए ।

महामन्त्री थापाले स्थानीय तहमा सत्तापक्षीय दलको संयन्त्र निर्माण र पूर्णताका निम्ति पनि निर्देशन दिए ।

अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने ‘मिसन’ रोजगारी अघि बढाउन आग्रह गर्दै निर्देशिका केन्द्रले उपलब्ध गराउने जानकारी दिए । उनले आवश्यक परे विशेषज्ञ पनि उपलब्ध गराउने भन्दै अबका दिनमा स्थानीय तहबाट मिसन रोजगारी अभियान अघि बढाउन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १५:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro