
काठमाडौं । मन्जुश्री फाइनान्स लिमिटेडले वीरगन्ज शाखामार्फत आरएम केडिया आँखा अस्पताल, वीरगन्जलाई दुई थान एसी सहयोग गरेको छ । अस्पतालको प्रतीक्षालयमा बस्ने बिरामी तथा कुरुवाको सहजताका लागि मन्जुश्री फाइनान्सले एसी हस्तान्तरण गरेको हो ।
नेपाल नेत्र ज्योति संघको नेतृत्वमा सञ्चालन हुँदै आएको केडिया आँखा अस्पतालले पाँच दशकदेखि सर्वसाधारणलाई सेवा दिँदै आएको छ । सुरुमा जम्मा पाँचवटा बेडबाट सुरु भएको अस्पतालले अहिले १७५ वटा बेडमार्फत बिरामीलाई सेवा दिइरहेको छ ।
मन्जुश्री फाइनान्सले सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई आफ्ना विभिन्न शाखामार्फत निरन्तर सहयोग पुर्याउँदै आएको छ । हालसम्म मन्जुश्रीले २२ करोडभन्दा बढी लगानी गर्दै करिब १८.२ करोड रुपैयाँ बराबरका सामाजिक कार्यक्रम सञ्चालन गरिसकेको कम्पनीले जनाएको छ ।