site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सांसद थकाली एएफपीपीडी महासभाको युवा समिति अध्यक्षमा निर्वाचित

मलेसिया । नेपालका सांसद योगेश गौचन थकाली एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्ट (एएफपीपीडी)को १५औँ महासभाबाट युवा समितिको अध्यक्षमा निर्वाचित भएका छन् । अप्रिल २७–२८, २०२५ मा मलेसियाको क्वालालम्पुरमा सम्पन्न यो निर्वाचनबाट उनी चयन भएका हुन् । 

एएफपीपीडी एसिया–प्रशान्त र मध्य एसियाका ३० वटा राष्ट्रिय समितिका सांसदहरू मिलेर बनेको एक क्षेत्रीय सञ्जाल हो । जसले महिला, बालबालिका, युवा र वृद्धजस्ता कमजोर समूहहरूको हितका लागि नीतिगत संवाद र सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य लिएको जनाइएको छ ।

थकाली निर्वाचित हुनुले जनसंख्या र विकाससँग सम्बन्धित अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपालको बढ्दो नेतृत्व क्षमताको पुनः पुष्टि गरेको छ । उनले विभिन्न मञ्चमा जलवायु संकटको आवाज उठाउँदै आएका छन् ।

निर्वाचनपछि प्रतिक्रिया दिँदै थकालीले युवा आवाजलाई अगाडि बढाउने, समावेशी नीति प्रवर्द्धन गर्ने, क्षेत्रीय सहकार्यलाई बलियो बनाउने र जलवायु परिवर्तनका विरुद्ध ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०८२  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro