
काठमाडौं । कानुन न्याय तथा संसदीय मन्त्रालयले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष तथा सदस्यहरूको संक्षिप्त सूची (सर्ट लिस्ट) सार्वजनिक गरेको छ ।
दुई आयोगमा अध्यक्ष तथा सदस्य नियुक्तिका निम्ति गठित सिफारिस समितिले उक्त सूची निकालेको हो । आइतबार बसेको समितिको बैठकले ती आयोगका पदाधिकारीका लागि ‘सर्ट लिस्ट’मा छनोट भएका ३४ जनाको नाम प्रकाशन गरेको हो । ।
सूचनामा उक्त सूचीमा नाम समावेश भएका व्यक्तिहरूका बारेमा कुनै प्रतिक्रिया भएमा उजुरी गर्न वैशाख २० गते बेलुका ५ बजेसम्मको समय दिइएको छ ।
प्रमाणसहित समितिको सचिवालय (कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय)मा लिखित वा विद्युतीय माध्यमबाट उजुरी पेस गर्न समितिले आग्रह गरेको छ ।