site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘खेल’को प्रिमियरमा अभिनयको प्रशंसा 

काठमाडौं । चलचित्र ‘खेल’को प्रिमियरमा कलाकारको कामको प्रशंसा भएको छ । सुरक्षा पन्तसहितका कलाकारको अभिनयको प्रशंसा भएको हो । 

प्रिमियरमा चलचित्रका कलाकारसँगै अन्य कलाकर्मीको उपस्थिति रहेको थियो । प्रिमियरमा प्रमुख कलाकारहरू सुरक्षासँगै हेना नगरकोटी, मोनिका थापा, निकिता आचार्य, समापिका गौतमलगायतको अभिनयको प्रशंसा भएको थियो । 

‘खेल’लाई निर्देशक अनुराग प्रधान र आस्था श्रेष्ठले निर्देशन गरेका छन् । निर्देशक प्रधानले आफूले बलिउडमा सिकेको ज्ञान नेपाली चलचित्रमा लगाएको बताए । 

अभिनेत्री सुरक्षाले युवाले सच्चा मनले बनाएको यो चलचित्र सफल हुनेमा विश्वास व्यक्त गरिन् । उनले चलचित्रले प्राप्त गरेको प्रतिक्रियाले आफू र ‘खेल’ टिम पुलकित भएको बताइन् ।

चलचित्रको कथा आशिषराज महर्जनले लेखेका छन् । पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  १३:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro